Banner Nepal
२०७९ पछि पहिलो पटक नेपालबाट देखियो खग्रास चन्द्रग्रहण

काठमाण्डौ । भाद्र शुक्ल पूर्णिमाका अवसरमा आइतबार राति खग्रास चन्द्रग्रहण नेपालबाट अवलोकन गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०ः११ बजे सुरु भई ११ः५६ मा मध्यावस्था पुगेको र राति ०१ः४१ बजे अन्त्य भएको हो ।

समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार काठमाण्डौबाट करिब साढे तीन घण्टा खग्रास चन्द्रग्रहण देखिएको थियो । उनका अनुसार ग्रहण नेपालतर्फ पूर्व–आग्नेयबाट प्रवेश गरी नैऋत्य–पश्चिमतर्फ अन्त्य भएको थियो ।

खग्रास चन्द्रग्रहण तब लाग्छ जब पृथ्वीले सूर्यको प्रकाश पूर्णरुपमा छेक्दा सम्पूर्ण चन्द्रमा पृथ्वीको छायाँभित्र पर्दछ । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सीधामा आउँदा यस्तो खगोलीय घटना घट्ने गर्दछ ।

यो चन्द्रग्रहण विसं २०८२ मा नेपालबाट देखिएको पहिलो ग्रहण हो । यसै वर्ष फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । खगोलीय नियमअनुसार चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update