
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव ५२ अंकले ओरालो लागेर दुई हजार ७०८ दशमलव २५ अंकमा कायम भएको छ । सोसँगै परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आज ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक खरिद–बिक्री हुँदै चार अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा सहभागी १७३ कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको भने बढेको छ ।
आजको प्रमुख घट्ने कम्पनीहरूमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतले, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशतले र युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले गिरावट आएको छ । यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड ४.६२ प्रतिशत र विकास हाइड्रोपावर कम्पनी लिमिटेड ३.९२ प्रतिशतले घटेका छन् ।
लगातारको उतारचढावबीच नेप्से परिसूचक फेरि ओरालो लाग्दा बजारको समग्र धारणा सावधानीपूर्ण देखिएको विश्लेषकहरूले बताएका छन् ।