
काठमाण्डौ । श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म हुने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीले अन्तिम तयारी पूरा गरेको छ । लामो समयदेखि प्रशिक्षणमा रहेको टोलीको मुख्य प्रशिक्षक संजीत सिंहले बन्द प्रशिक्षणबाट छनोट गर्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ आयोजक श्रीलङ्का र बङ्गलादेश पनि प्रतिस्पर्धी छन् । नेपालले उद्घाटन खेलमै सेप्टेम्बर १५ गते घरेलु टोली श्रीलङ्कासँग भिड्नेछ । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।
घोषित टोली
-
गोलरक्षक: पेम्बानुर्बु भोटे, राम बोहरा, विशेष वानिया
-
रक्षक: प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
-
मिडफिल्डर: प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान
-
स्ट्राइकर: समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ
साफ यू–१७ च्याम्पियनसिपमार्फत नेपालले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउँदै भविष्यका लागि बलियो आधार तयार गर्ने अपेक्षा गरिएको छ ।