लिपुलेक सम्झौतामा चीनसमक्षै असहमति राखिएको ओलीको दाबी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमति प्रति नेपालले आपत्ति जनाएको खुलासा गरेका छन्।
उनले भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग भेटवार्तामा सो विषयमा स्पष्ट असहमति राखेको बताए।
ललितपुरको सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग पनि यसबारे निरन्तर कुरा राखिएको जानकारी दिए।
त्यसैगरी, चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) मा नेपालले कुनै समर्थन नगरेको पनि उनले स्पष्ट पारे।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्