अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, दुई महिला सहित काठमाडौँ ल्याइए

काठमाडौँ । अमेरिकाले डिपोर्ट गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन्। उनीहरू मध्ये १७ पुरुष र २ महिला रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो। यसअघि विभिन्न चरणमा अमेरिकाबाट २१५ जना नेपाली नेपाल फर्काइएका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ १६:२८
प्रतिक्रिया दिनुहोस्