Banner Nepal
सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने

काठमाण्डौ । सूचीकरणका लागि सरकारले तोकेको सात दिनभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द हुने भएका छन्। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले सम्पर्कमा नआउने प्लेटफर्मलाई तत्काल प्रतिबन्ध गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसहितको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो।

सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको निर्देशनअनुसार भदौ ९ गतेको मन्त्रिपरिषद् निर्णयपछि सूचीकरणका लागि भदौ १२ गते सूचना जारी गरेको थियो। तर तोकिएको समयसम्म दर्ता प्रक्रिया नगरेका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्न आदेश दिएको छ। मन्त्रालयले भने सूचीकरण पूरा गरेपछि पुनः सक्रिय गर्न सकिने स्पष्ट पारेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update