विराटनगर बाल सुधारगृहमा झडप, कैदी बालकको हुल बाहिर
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौ । विराटनगर–३ स्थित बाल सुधारगृहमा आज झडप हुँदा दुई जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीका अनुसार कैदी बालकको समूह हुल बाँधेर बाहिर निस्कन खोज्दा सुरक्षामा खटिएका प्रहरीसँग विवाद भई झडप भएको हो।
घाइतेमध्ये एक वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल र एक अन्य कर्मचारी उपचाररत छन्। झडपपछि ठूलो संख्यामा कैदी बालक बाहिर निस्किए पनि केही फर्किएको र बाँकीको गणना भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए।
सुधारगृहमा हाल २०० भन्दा बढी बालक रहेको र अवस्था अहिले प्रहरी नियन्त्रणमा आएको जनाइएको छ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    