झलनाथ खनाल र वामदेव गौतमबीच डल्लुमा भेट

काठमाण्डौ — नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न वरिष्ठ नेता वामदेव गौतम शनिबार डल्लुस्थित खनाल निवास पुगेका छन्। खनाल सचिवालयका अनुसार भेटमा हालको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भइरहेको छ।
नेता गौतम केही समयअघि मात्र नेकपा एसमा प्रवेश गरेका हुन्। यसैबीच अध्यक्ष माधवकुमार नेपाल र नेता खनालबीच वाकयुद्ध चर्किएको अवस्थामा भएको यो भेटलाई राजनीतिक रूपमा विशेष अर्थ दिइएको छ।
माधव–झलनाथबीचको विवाद तीव्र बन्दै गएको छ । एक–अर्कालाई पार्टी छाडेर जान सुझाव दिने स्तरसम्म पुगेको विवादका कारण नेकपा एसले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्