उदयपुरमा जन्मदिनको भोजपछि २७ जना बिरामी

काठमाण्डौ । उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चौकमा भएको जन्मदिनको भोज खाँदा २७ जना बिरामी परेका छन्। बिहीबार बेलुकी जितेन्द्र राईको घरमा आयोजित ‘बर्थडे पार्टी’मा सहभागी स्थानीयहरूलाई भोजपछि स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।
प्रहरीका अनुसार बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन्। सबैलाई झाडापखाला र बान्ता लागेपछि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १६:४९
प्रतिक्रिया दिनुहोस्