व्यासमा ट्रक दुर्घटना, तीन जना घाइते

काठमाण्डौ । तनहुँको व्यास नगरपालिका–१२, गोल्ला घुम्तीमा बिहीबार दिउँसो भएको ट्रक दुर्घटनामा तीन जना घाइते भएका छन्।
भारतबाट प्लाइउड बोकेर दमौलीतर्फ आउँदै गरेको युपी १९ टी २५०६ नम्बरको ट्रकले सोही स्थानमा रोकिराखेको युपी ४२ बिटी ३९८१ नम्बरको सिमेन्ट बोक्ने ट्रकमा ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरूमा भारत उत्तर प्रदेशका ४२ वर्षीय सुरज जाबेद अलि, ३१ वर्षीय फकरा आलम, र सिन्धुलीका २३ वर्षीय पुस्कर गिरी रहेका छन्। उनीहरूको उपचार दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा भइरहेको जनाइएको छ।
यस दुर्घटनाभन्दा एक साताअघि सोही क्षेत्रमा ग्यास ट्याङ्कर दुर्घटना भएको थियो, जसले सो मोडलाई जोखिमयुक्त सावित गरिरहेको संकेत गर्दछ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १६:४८
प्रतिक्रिया दिनुहोस्