Banner Nepal
नक्कली नोटसहित दुई जना भीमनगर नाकाबाट पक्राउ

काठमाडौं । भारतबाट नक्कली नेपाली नोट ल्याउँदै गरेका दुई व्यक्ति सुनसरीको भीमनगर नाकाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट, अर्थात् ३८ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको हो।

हाल दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update