
काठमाडौं । मधेस प्रदेश र सुदूरपश्चिमका अधिकांस स्थानमा अहिले वर्षा भइरहेको छ । ती प्रदेशमा गएराति देखिनै वर्षा जारी रहेको हो । पूर्वी नेपालमा गएराति ठूलो पानी परेको छ ।
दुवै प्रदेशमा आज दिउँसो पनि अधिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशीका पहाडी क्षेत्रका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने निकै ठूलो वर्षा हुने महाशाखाको प्रक्षेपण छ । आज राति भने कोशी र मधेशका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशीको एक–दुई स्थानमा भने आज राति भारी वर्षा हुने महाशाखाको अनुमान छ । देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांस स्थानमा पछिल्लो समय वर्षा भइरहेको छ ।