Banner Nepal
देशभर बाढी र पहिरो: पाँच राजमार्ग पूर्ण अवरुद्ध

काठमाण्डौ — अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँमा राजमार्गहरू पूर्ण वा आंशिक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार हाल देशका पाँच स्थानमा सडक सम्पूर्ण रूपमा बन्द छन् भने सात स्थानमा सवारी एकतर्फी मात्र सञ्चालन भइरहेका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ मा कोशी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा चीनसँगको सीमा जोड्ने पुल पूर्ण रूपमा बन्द भएको छ । सोही गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने पासाङल्हामु सडक खण्ड तथा उत्तरगया गाउँपालिका–५ मा पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडकसमेत चलायमान छैनन् ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा पर्ने जाजरकोट–डोल्पा भेरी करिडोर सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

यसले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भइरहेको छ भने सम्बन्धित निकायले सडक सुचारु गर्न प्रयास थालेको जनाएको

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update