
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्वास्थ्य क्षेत्रमा प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले संस्थागत स्वतन्त्रता खोसिँदै गएको बताएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका सन् २००० ब्याचका एमबिबिएस विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएको टिप्पणी गरे।
कोइरालाका अनुसार स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपमा सेवा सञ्चालन गर्न नदिँदा कार्यक्षमता प्रभावित भएको छ। "हस्तक्षेपका कारण स्वास्थ्य संस्था धरासयी बन्दै गएका छन्," उनले भने।
प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका कोइरालाले बिपी प्रतिष्ठानबाट अध्ययन गरी देश-विदेशमा कार्यरत चिकित्सकहरूले उच्च स्तरको सेवा दिँदै संस्थाको गौरव बढाएको उल्लेख गरे। "बिपीबाट पढेका डाक्टरहरूले जहाँ पुगे पनि गर्व गर्न सकिने काम गरिरहेका छन्," कोइरालाले भने।