Banner Nepal
एनएमए अध्यक्षमा कुलबहादुर गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ — नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि पूर्वमहासचिव तथा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालेका गुरुङलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मत रूपमा अध्यक्ष पदका लागि अगाडि सारेको हो।

उम्मेदवारी घोषणासँगै उनले अघिल्ला तीन वर्षको अवधिमा हिमाली क्षेत्रसँग सम्बन्धित अवसर, चुनौती र समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरे।

संघको निर्वाचन भदौ ७ गतेका लागि तय गरिएको छ। अध्यक्षसहित विभिन्न पदका लागि हालसम्म चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update