Banner Nepal
वर्षा नपरेपछि नेताहरू हलो जोत्न उत्रिए!

काठमाडौँ— सर्लाही क्षेत्र नं. २ का सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंह मङ्गलबार अनौठो भूमिकामा देखिए—उनीहरूलाई प्रहरीको भेषमा आएका महिलाले घरैबाट समातेहल जोत्न खेतसम्म पुर्‍याए।

सुनिन्छ, यो न त कुनै कानुनी कारबाही थियो, न त राजनीतिक बदला—यो त थारू समुदायको पुरानो परम्परा थियो, जसअनुसार वर्षा नभएमा गाउँका गन्यमान्य पात्रहरूलाई हली बनाइन्छ र वर्षाका लागि इन्द्रदेवलाई खुसी पार्ने प्रयास गरिन्छ।

ईश्वरपुर नगरपालिका–९, रामनगरका स्थानीयले लामो खडेरीका बीच परम्परागत अभ्यास पुनः दोहोर्‍याउँदै सांसद र प्रदेशसभा सदस्यलाई हली बनाएका थिए । अझ रमाइलो कुरा त, महिलाहरू आफैं गोरुको रूपमा हलो तान्दै खेतमा दौडिरहेका थिए!

जनप्रतिनिधिहरू खेतको बित्तिकै हलीको भूमिकामा, महिलाहरू भने गोरु बनेर जुवा तानेर, साँच्चैका गोरु झैँ लात्ती पनि चलाउँदै थिए । सांसद चौधरीले यस अनुभवलाई "रनफनसँगै सांस्कृतिक अभ्यास" भनेर वर्णन गर्नुभयो।

गएको रातको हल्का वर्षाले केही आशा देखाए पनि मधेश प्रदेशमा रोपाइँको अवस्था भने चिन्ताजनक नै छ। कृषि विभागका अनुसार, यो साउन ११ गतेसम्म गत वर्षको तुलनामा मधेशमा ४० प्रतिशत कम रोपाइँ भएको छ। कुल तीन लाख ७२ हजार हेक्टरमध्ये हालसम्म मात्र एक लाख ९३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update