Banner Nepal
प्रधानमन्त्रीलाई स्वागत गर्न हतारिदै हिडेका दुई मन्त्रीका गाडी आपसमा ठोक्किदा कच्याककुचुक

कैलाली — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा चिसापानी जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीको सवारीसाधन लम्कीमा एकआपसमा  ठोक्किएको छ । दुर्घटना आकस्मिक भए पनि परिस्थितिले आत्ममुल्यांकनको अवसार भने अवश्य दिएको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई कानुन मन्त्री हीरालाल सार्की चढेको से.१ झ ३३० नम्बरको गाडीले पछाडिबाट ठक्कर दिएको हो ।

सौभाग्यवश, दुवै गाडीमा रहेका मन्त्री तथा कर्मचारीहरू सकुशल छन्, भने सवारीमा सामान्य क्षति मात्र भएको जानकारी प्राप्त भएको छ ।

दुर्घटना प्रधानमन्त्रीको कटासे जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको हो । यस्ता घटनाहरूले सवारी व्यवस्थापनमा अझ सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update