Banner Nepal
सिटी रिक्सा चार्ज गर्न खोज्दा श्रीमान श्रीमतीको नै ज्यान गयो

काठमाण्डौ । सप्तरीको रुपनीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, आज बिहान ४५ वर्षीय बालेश्वर मण्डललाई घरमै रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । उनलाई छुटाउन खोज्दा उनकी श्रीमती ४२ वर्षीया रामकुमारी मण्डललाई समेत करेन्ट लागेपछि दुवैको घटनास्थलमै ज्यान गएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update