Banner Nepal
भक्तपुरको बोडेमा दुई किशोरी दिदीबहिनी मृत फेला, घटना रहस्यमय

काठमाण्डौ — भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा बिहीबार बिहान दुई किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृतकहरू १७ वर्षीया मेनुका कडेल र १५ वर्षीया सिर्जना कडेल हुन्, जो दिदीबहिनी रहेको पुष्टि भएको छ।

प्रहरी अनुसन्धानअनुसार उनीहरूको स्थायी ठेगाना सुर्खेत हो। उनीहरू भारतको मुम्बईमा बस्दै आएका थिए र आफ्ना आमाबुवासँगै थिए। तर केही समयअघि नेपाल फर्किएर भागेर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन र प्रहरीले थप अनुसन्धान जारी राखेको छ। डीएसपी न्यौपानेका अनुसार मृतकका बुबा वासुदेव कँडेल मुम्बईबाट नेपाल आउँदैछन्, र उनी आएपछि मात्रै शव उठाउने प्रक्रिया अघि बढाइने बताइएको छ।

यो घटना रहस्यमय बन्दै गएको छ, र यसले बालबालिका तथा किशोरी सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update