Banner Nepal
वीरगञ्ज नाकाबाट आयात मात्र होइन, निर्यात पनि उल्लेख्यरूपमा बढ्यो

काठमाण्डौ — वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा नेपालले ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १५.१४ प्रतिशतले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ, जसमा मात्रै १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ खर्चिएको छ।

दोस्रो स्थानमा ५७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात गरिएको छ।

भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार आयातसँगै निर्यातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। गएको आर्थिक वर्षमा नेपालले १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तुहरू निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२७.०९ प्रतिशतले बढी हो।

निर्यातमा सबैभन्दा धेरै अंश प्रशोधित भटमासको तेलले ओगटेको छ। आयात र निर्यात दुवैको वृद्धिलाई सकारात्मक व्यापार संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update