
काठमाडौं । चिकित्सकमाथि हातपात भएपछि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको ओपीडी बाहेकका सेवा बन्द गरिएको छ । अस्पताल बन्द हुँदा गाउँ–गाउँबाट आएका बिरामी मारमा परेका छन् ।
चिकित्सकमाथि हातपात भएपछि हिजोदेखि अस्पतालमा ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जीव सिंहले दोषीमाथि कानूनी कारबाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालमा दुर्घटनापछि हड्डी भाँचिएर उपचारमा आएका मलंगवाकै एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए ।
डा.साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।