काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले कुल ३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वर्षभर ऋण संकलनको तालिका सार्वजनिक गर्दै चार त्रैमासिक योजनासहित यो जानकारी दिएको हो।
अनुसार, पहिलो त्रैमासमा १ खर्ब १३ अर्ब, दोस्रोमा ८५ अर्ब, तेस्रोमा १ खर्ब ९ अर्ब, र अन्तिम त्रैमासमा ५५ अर्ब रुपैयाँ ऋण संकलन गरिनेछ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार आर्थिक वर्षको सुरुआत, बजारमा तरलता, कम ब्याजदर र सरकारलाई तत्काल स्रोतको आवश्यकतालाई ध्यानमा राखेर पहिलो त्रैमासमै ठूलो रकम उठाउने तयारी गरिएको हो।
ऋण संकलन तालिका बनाउँदा स्रोतको आवश्यकता, बजार अवस्था र ऋण उपकरणको परिपक्वता जस्ता पक्षलाई समेटिएको छ।


                                                                    
                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    