भेरीमा टिपर खस्यो, तीन जना बेपत्ता
                        
                        
                                                
                                            
                                                                    जाजरकोटको नलगाडबाट रिम्नातर्फ जाँदै गरेको एक टिपर भेरी नदीमा खसेपछि चालकसहित तीन जना बेपत्ता भएका छन्। दुर्घटना गएराति रुकुम पश्चिमको पिपलचौर नजिक भएको हो। यती बिल्डर्सले भेरी करिडोरमा प्रयोग गर्दै आएको रा १ क १५०१ नम्बरको उक्त सवारी नदीमा खसेको पुष्टि भएको छ।
इलाका प्रहरी कार्यालय रिम्नाका अनुसार बेपत्ताको खोजीका लागि रुकुम पश्चिम र जाजरकोटबाट प्रहरी टोली खटाइएको छ। तर, भेरीमा पानीको बहाव अत्यधिक भएका कारण उद्धार प्रयासमा कठिनाइ भइरहेको छ। बेपत्ता भएका व्यक्तिहरूको नाम र ठेगाना अझै खुल्न बाँकी छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    