Banner Nepal
जोखिम मोलेर गोवरगाढा पुगे डा. राउत, पीडितका आवाज सरकारसम्म पुर्‍याउने प्रतिबद्धता

जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवं संगठन विभाग प्रमुख डा जयकान्त राउत आज गोवरगाढा टापु पुग्नुभएको छ ।

कोसीको मध्य भागमा रहेको सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढा टापु पुगेर डा राउतले स्थानिय नागरिक संग भेटघाट गर्दै उनीहरुले भोग्नुपरेको समस्या र समाधानका उपायहरुका बारेमा छलफल गर्नुभएको हो ।

गत प्रतिनिधी सभा निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका तर्फवाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवार हुनुभएका डा राउत डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आज गोवरगाढा पुग्नुभएको हो ।

स्थानीय नागरिक संगको छलफलपछि डा राउतले गोवरगाढावासी वर्षेनी बाढी र कटान प्रमुख समस्या वाट पीडित हुदै आएको र बर्षेनि यहाँका बासिन्दाहरू बसाइँ सराईको समस्या झेल्दै आएको बताउनुभयो ।

उहाँलेबस्तीमा रहेकाहरुको जीवन अत्यन्त कष्टकर रहँदै आएकोले तिनै तहका सरकार समक्ष समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

1-1752846060.jpg
3-1752846058.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update