निजीकरणविरुद्ध आवाज
शिक्षा हड्तालले काठमाडौंका विद्यालय बन्द

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज काठमाडौंका अधिकांश विद्यालयहरू बन्द रहेका छन्। हड्तालको प्रभाव काठमाडौं बाहिरका केही विद्यालयहरूमा पनि देखिएको छ।
संगठनले शिक्षा निःशुल्क हुनुपर्ने, सबैका लागि समान शिक्षा सुनिश्चित गर्नुपर्ने, जनपक्षीय शिक्षा ऐन ल्याइनुपर्ने लगायत माग राख्दै आन्दोलन थालेको हो। उनीहरूले संविधानमा ग्यारेन्टी गरिएको मौलिक हकको उल्लंघन भएको भन्दै निजीकरणविरुद्ध आक्रोश प्रकट गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्