आज हुरी र भारी पानी
                                                
                    
                
                            
                                केही प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
                        
                        
                                                
                                            
                                                                    काठमाण्डौ । देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि हुरीको सम्भावना रहेको र त्यहाँ हावाहुरीसहितको बदली देखिन सक्ने महाशाखाको भनाइ छ।
आज रातिको समयमा कोशी र मधेश प्रदेशका साथै अन्य पहाडी क्षेत्रका केही स्थानमा समेत मेघगर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको कारण नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिँदै नदी आसपासका बस्ती, सडक तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १३:५३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    