नशामा ज्यान गयो
                                                
                    
                
                            
                                मदिरा सेवनपछि मोटरसाइकल दुर्घटना, एक महिलाको ज्यान गयो
                        
                        
                                                
                                            
                                                                    काठमाण्डौ । नवलपुरको भुपती चोकस्थित भित्री सडकखण्डमा मदिरा सेवन गरेर मोटरसाइकल चलाएका युवकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।
हुप्सेकोट गाउँपालिका क्षेत्रको घटनामा ३५ वर्षीया शोभा सिग्देलको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै हिँडिरहेकी ३५ वर्षीया इन्दिरा कोइराला गम्भीर घाइते भएकी छन्, जसलाई चितवन मेडिकल कलेजमा रिफर गरिएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक निशानसिंह ठकुरी स्वयं पनि घाइते भएपनि सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ठकुरीले मादक पदार्थ सेवन गरेर सवारी चलाएका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १३:४४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    