काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको सफलतासँगै असफलताको जिम्मेवारी पनि कांग्रेस र नेकपा एमाले दुवैले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले केही राम्रो कामहरू गरे पनि सबै अपेक्षा पूरा गर्न नसकेको स्वीकार गरे। सिटौलाले भने, "सरकारमा कांग्रेस र एमाले दुबैको सहभागिता छ, प्रधानमन्त्री एमाले अध्यक्ष हुन्, त्यसैले सरकारले गरेका हरेक काम — राम्रो वा नराम्रो — दुबै दलले जिम्मा लिनुपर्छ।"
उनले देशको हितमा सरकार निरन्तर क्रियाशील रहनु जरुरी रहेको भन्दै शिक्षालाई सरकारका तीनै तहको साझा जिम्मेवारीका रूपमा हेर्नुपर्ने बताए। "शिक्षा क्षेत्रमा स्थानीय, प्रादेशिक र संघीय सरकारको भूमिका बराबरी महत्त्वको छ," उनले स्पष्ट पारे।
सिटौलाले शिक्षा विधेयक छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको भन्दै त्यसमा राजनीतिक दलहरू सहमत रहेको धारणा पनि राखे।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    