साताको पहिलो दिन सुन तोलामा एघारसय रुपैयाँले बढ्यो
                        
                        
                                                
                                            
                                                                    काठमाडौं । साताको पहिलो दिन बजार खुलेसँगै सुनको मुल्य बढेको छ । सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख ९२ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    