Banner Nepal
आज यी स्थानमा हुँदैछ मुसलधारे वर्षा

 

काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन सहितको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाका अनुसार आज गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update