जिप भिरमा खस्दा चालकसहित दुई जनाको मृत्यु, अन्य ६ जना घाइते

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
अन्य ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा जिप चालक २४ वर्षीय सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहराको मृत्यु भएको हो । धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको जिप आज बिहान साढे ५ बजेतिर सडकबाट चिप्लिएर भिरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।
उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १०:४५
प्रतिक्रिया दिनुहोस्