Banner Nepal
विकासमा क्रान्तिकारी सुधार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरू समयमै सम्पन्न नहुँदा लागत बढ्ने र जनताले सास्ती पाउने अवस्थालाई "क्रान्तिकारी रूपमा" सुधार गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठकमा उनले ढिला काम, सम्झौता उल्लंघन र ढिलो ठेक्काको प्रवृत्ति रोक्न कडा कदम चाल्नुपर्ने बताए। सुनकोसी–मरिन डाइभर्सनजस्ता आयोजनामा सुरुङ बने पनि ठेक्का प्रक्रिया रोकिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले मल अनुदान नपुग्ने स्थितिको आलोचना गर्दै भने, “जनतालाई अलमल्याउनेभन्दा आपूर्ति बढाऔँ, अनुदान घटाऔँ।”

उनले रु १२ अर्बमा सुरू भएको आयोजना ५२ अर्ब पुग्ने अवस्थाको कारण खोज्न र लापरवाही गर्नेप्रति कारबाहीको संकेत दिए।

बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रदेश मुख्यमन्त्री, मुख्यसचिव तथा सचिवहरूको सहभागिता रहेको थियो। साढे चार घण्टा लामो छलफलमा विकास आयोजनाहरूको ढिलाइ, बजेट खर्च, प्रदेशगत प्रगति, दिगो विकास लक्ष्य र राष्ट्रिय गौरव आयोजनाको अद्यावधिक विवरण प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update