Banner Nepal
बुबाविरुद्ध झूठा मुद्दा लगाइएको डा. रजिकको आरोप

काठमाडौँ।  राजपुर नगरपालिकाका मेयर डा. रजिक आलमले आफ्ना बुबा अफताब आलममाथि लगाइएको बम विस्फोट सम्बन्धी मुद्दा झूठा भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पूर्व एमाले उम्मेदवार शैलेन्द्र साहले व्यक्तिगत रिसीका आधारमा मुद्दा लगाएको आरोप लगाए।

डा। रजिकका अनुसार २०६४ सालको चुनावका बेलामा शैलेन्द्र साहले अफताबमाथि चुनावमा धाँधली गर्ने भन्दै पहिले नै निवेदन दिएका थिए। त्यसपछि वैशाख ३० गते अचानक बम विस्फोट भएको भनेर मुद्दा सुरुवात गरियो भन्ने उनको भनाइ छ।

उनले मुद्दामा साक्षी बनाइएका गौरिशंकर रामलाई बनावटी पात्र भन्दै, स्टोभ पड्किएर घाइते भएको भन्दै रामकै अदालतमा दिइएको पुरानो बयान देखाउँदै प्रमाणको खण्डन गरे। अधिवक्ता सञ्जिव मल्लिकले पनि रामले प्रहरीको दबाबमा झूठो बयान दिएका दाबी गरे।

गौरीशंकरले आलमको घरमा बम पड्किएर भएको घाउको खत भनी बोलेको कुरा पुष्टि हुन नसक्ने उनले दाबी गरे।

यस प्रकरणमा संलग्न रहेका शैलेन्द्र साहका अर्का मित्र हाल एमालेमा प्रवेश गरेका किरण साहले यस्तो विषयलाई सदनमा पनि उठाएका छन्। ‘यो तहको झूठ कुरा सदनमा उठाएर गुमराहमा पार्ने र गलत हल्ला चलाउने काम भयो’, रजिकले भनेका छन्।

डा. रजिकले एमाले नेता किरण साहले संसदमा समेत झूठा कुरा उठाएको आरोप लगाए। उनका अनुसार यो मुद्दा पूर्वराजनीतिक प्रतिशोधको परिणाम हो, न कि सत्यतामा आधारित।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update