
काठमाडौँ ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। अभियुक्तहरूमा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिष्ट्रिब्युसन नेपाल प्रालिका प्रबन्ध निर्देशक अरुण श्रेष्ठ छन्।
आयोगका अनुसार गुणस्तरहीन प्रोसेसरयुक्त स्टोरेज आपूर्ति गरी झुटा कागजातमार्फत अस्वाभाविक मूल्य निर्धारण गरी रकम भुक्तानी गराइएको छ। उक्त कार्यले सरकारलाई क्षति पुर्याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत अपराध ठहरिने भन्दै मुद्दा दायर गरिएको हो।