मुटुको उपचार सफल
मुटुमा समस्या देखिएपछि नेकपा समाजवादी अध्यक्ष माधव नेपाल अस्पताल भर्ना, सर्जरी गरियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालको सर्जरी गरिएको हो ।
नसाबाट तार पठाएर मुटुको ब्लकेड खोल्नका लागि एन्जिओप्लास्टी सर्जरी गरिएको अस्पतालले जनाएको छ ।
मुटुमा समस्या आएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्