
क्याथोलिक चर्चले इतिहासमा पहिलोपटक अमेरिकी मूलका कार्डिनललाई पोपको रूपमा चयन गरेको छ। कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट बुधबार पोपको रूपमा चयन भएपछि उनले ूपोप लियो चौधौंू भन्ने नाम ग्रहण गरेका छन्।
पूर्व पोप फ्रान्सिसको अप्रिल २१ मा निधन भएको थियो, त्यसपछिको दोस्रो दिनको कोन्क्लेभमा ६९ वर्षीय प्रिभोस्टलाई सर्वसम्मतिले पोप चयन गरिएको हो। चयनको घोषणा सेस्टीन च्यापलबाट सेतो धुवाँ निस्किएपछि गरिएको थियो।
शिकागोमा जन्मिएका पोप लियो चौधौंले लामो समय पेरुमा मिसनरी सेवा गरेका थिए र त्यहाँको नागरिकता समेत लिएका थिए। उनी अगस्टिनियन धार्मिक आदेशका पूर्व प्रमुखसमेत हुन्। यसअघि उनी क्याथोलिक चर्चमा बिशपहरूको नियुक्ति हेर्ने प्रमुख कार्यालयको नेतृत्व गरिरहेका थिए।
पोप लियो चौधौंले आफ्नो कार्यकालमा चर्चभित्रको विभाजन, वित्तीय चुनौती, र सामाजिक एवं सिद्धान्तसम्बन्धी जटिल मुद्दाहरूको समाधान गर्नु पर्नेछ। उनको चयनले विश्वव्यापी क्याथोलिक समुदायमा नयाँ आशा र सम्भावनाको संकेत दिएको छ।