Banner Nepal
सेयर लगानीका बादशाह वारेन बफेटले प्रमुख कार्यकारी पदबाट राजीनामा दिने

काठमाडौं । अर्बपति वारेन बफेटले यस वर्षको अन्त्यमा बर्कशायर हाथवेको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा उपाध्यक्ष ग्रेग एबेललाई कम्पनीको बागडोर सुम्पने घोषणा गर्नु भएको हो । 

बर्कशायर हाथवेलाई एक समयको असफल कपडा कम्पनीबाट एक प्रमुख लगानी कम्पनीमा रुपान्तरण गर्ने बफेट सम्भवतः विश्वकै सबैभन्दा सफल लगानीकर्ता हुन् । सो कम्पनीको वर्तमान मूल्य १ दशमलव १६ ट्रिलियन रहेको छ । बफेटलाई संसारकै सबैभन्दा सफल लगानीकर्ता मानिन्छ । 

बर्कशायर हाथवेसँग ६० भन्दा बढी कम्पनी छन्, जसमा बीमा कम्पनी गेको, ब्याट्री निर्माता ड्युरासेल र डेयरी क्वीन जस्ता धेरै रेस्टुरेन्ट पनि समावेश छन् । 
यसबाहेक, एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेस जस्ता कम्पनीमा पनि बफेटको ठूलो हिस्सेदारी छ । 

गत महिनाको ब्लूमबर्गको तथ्यांक अनुसार परोपकारमा अर्बौं डलर दान गरेका बफेट १५४ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वको चौथो धनी व्यक्तिको रुपमा रहनु भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update